June 1, 2026 0 MIN READ

दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको आधार बन्न सक्ने मन्त्री चौधरीको भनाइ

0 MIN READ
%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यावसायिक रूपमा विस्तार गर्न सके यो राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने बताएकी छन्।

‘विश्व दूध दिवस २०८३’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दूध उत्पादन केवल औपचारिक गतिविधि नभई पोषण, स्वास्थ्य, रोजगारी र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताइन्।

उनका अनुसार ग्रामीण क्षेत्रमा दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुने गरेको छ, जसबाट करिब साढे सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको छ। यसले साना किसान, महिला, युवा र सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याएको उनको भनाइ छ।

मन्त्री चौधरीले दूध, दही, घिउ, मोही र पनिरजस्ता दुग्धजन्य पदार्थले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरिन्।

उनले व्यावसायिक पशुपालन विस्तार गर्दै दुग्ध क्षेत्रलाई अझै उत्पादनशील बनाउनुपर्ने आवश्यकता औंल्याइन्। साथै, संघ, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्रबीच समन्वय भएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिन सक्ने बताइन्।