June 1, 2026 0 MIN READ

कर सुधारमा बजेटले महत्वपूर्ण फड्को मारेको अध्यक्ष अग्रवालको भनाइ

0 MIN READ
%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%aa

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले कर सुधारका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रियामा उनले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई बजेटले चलायमान बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार व्यक्तिगत आयकरमा उल्लेखनीय राहत दिइएको छ र वार्षिक १० लाख रुपैयाँसम्मको आयमा कर संरचना सुधार गरिएको छ, जसले पारदर्शी अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ।

अग्रवालले बहुदर मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीतर्फको कदमलाई सकारात्मक र साहसिक भएको बताए।

तर, विद्युत् महसुल र राइड सेयरिङमा ५ प्रतिशत भ्याट लगाइएको विषयमा भने उनले असन्तुष्टि जनाएका छन्। जलस्रोतको सम्भावना भएको देशमा यस्तो कर नीति पुनः समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

उनले भ्याट प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।