June 1, 2026 0 MIN READ

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेकपाको आपत्ति, भनाइ सच्याउन माग

0 MIN READ
%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, ऐतिहासिक तथ्यविपरीत तथा राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि प्रतिकूल भएको आरोप लगाइएको छ।

नेकपाले सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गा भोगचलन फरक विषय भएको स्पष्ट पार्दै प्रधानमन्त्रीको भनाइले तथ्यलाई तोडमोड गरेको दाबी गरेको छ।

विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले अतिक्रमण गरेको भन्दै त्यसलाई बेवास्ता गर्दै नेपालले पनि भारतीय भूमि कब्जा गरेको भन्नु गम्भीर र आपत्तिजनक भएको उल्लेख छ।

पार्टीले सुगौली सन्धि र ऐतिहासिक सीमा प्रमाणका आधारमा नेपाल–भारत सीमारेखा स्पष्ट रहेको दाबी गर्दै नेपालले कुनै पनि विदेशी भूमि कब्जा नगरेको स्पष्ट पारेको छ।

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै नेकपाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, संसद्को अभिलेखबाट हटाउन र राष्ट्रिय हितमा तथ्यमा आधारित संवाद अघि बढाउन सरकारसँग माग गरेको छ।