विद्युत् भ्याटबारे आलोचना अतिरञ्जित भएको अर्थमन्त्री वाग्लेको दाबी
0 MIN READ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको भ्याटबारे गरिएको आलोचना अतिरञ्जित भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बजेटसम्बन्धी अन्तरक्रियामा उनले ५० युनिटसम्म बिजुली निःशुल्क रहेको र १५० युनिटसम्म प्रयोगमा लाग्ने कर अत्यन्त न्यून भएको बताए।
औसत बिलमा कर करिब २४ रुपैयाँ मात्र पर्ने भएकाले यसलाई ठूलो बनाइ प्रस्तुत गरिएको उनको भनाइ छ।
उनले ऊर्जा क्षेत्रमा ठूलो लगानी भइरहेको उल्लेख गर्दै इभी कर छुट र बजेटका केही प्राविधिक छुटहरूबारे पनि स्पष्ट पारे।
बजेट समय र स्रोत सीमितताबीच तयार गरिएको भन्दै उनले यसलाई सन्तुलित र आन्तरिक स्रोतमा आधारित बजेट भएको दाबी गरे।