May 31, 2026 0 MIN READ

राष्ट्रिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

0 MIN READ
%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%ad%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%af

राष्ट्रिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिसभा बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक बिहान ११:१५ बजे बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस’् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोसस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्रीले बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।