अनलाइन भुक्तानी गरे पनि सेवा लिन घण्टौँ कुर्नुपर्ने सेवाग्राहीको गुनासो

online-payment-service-delay-customer-complaint-2

अनलाइन भुक्तानी गरे पनि सेवा लिन घण्टौँ कुर्नुपर्ने सेवाग्राहीको गुनासोकाठमाडौं । अनलाइनबाट भुक्तानी गरी सेवा लिन पुगेका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन्। छिटो र सहज सेवा पाउने अपेक्षासहित अनलाइनबाटै भुक्तानी गरेर पुगे पनि आफ्नो पालो कहिले आउने भन्ने निश्चित नभएको उनीहरूको भनाइ छ।एक सेवाग्राही पौडेलले बेलुका ५ बजेसम्म पनि आफ्नो पालो आउने सम्भावना नरहेको गुनासो गरे।उनले भने, ‘बेलुका ५ बजेसम्म पनि मेरो पालो आउँछ जस्तो छैन। छिटो हुन्छ भनेर पेमेन्ट पनि अनलाइनमै गरेर आएको हुँ।’अनलाइनबाट भुक्तानी गरिसकेपछि पनि सेवा पाउन ढिलाइ हुँदा थप अन्योलमा परेको पौडेलले बताए। पुनः शुल्क तिरेर अर्को दिन आउँदा समेत काम हुने वा नहुने निश्चित नभएको उनको भनाइ छ।सेवाग्राहीको चाप व्यवस्थापन गर्न भुक्तानी गरिसकेका, अनलाइनबाट अपोइन्टमेन्ट लिएका तथा टाढाबाट आएका सेवाग्राहीका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए।अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई सहज र छिटो बनाउने उद्देश्य राखिए पनि निर्धारित समयमै सेवा नपाउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।सेवाग्राहीले अनलाइन अपोइन्टमेन्टअनुसार सेवा उपलब्ध गराउन, व्यवस्थित लाइन प्रणाली लागू गर्न तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।सेवाग्राहीका मुख्य माग- अनलाइन अपोइन्टमेन्टअनुसार समयमै सेवा उपलब्ध गराउनुपर्ने।- अनलाइन भुक्तानी गरेका सेवाग्राहीका लागि छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने।- टाढाबाट आएका सेवाग्राहीलाई सहज सेवा दिनुपर्ने।- बिचौलियाको गतिविधि नियन्त्रण गर्नुपर्ने।- सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने।