७३ प्रतिशत नागरिक अझै काउन्टरमै पुगेर बिजुलीको बिल तिर्छन्, ५९ करोड ७९ लाख खर्च

vidyut-mahasul-digital-bhuktani-73-pratishat-counter

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नागरिकलाई विद्युत महसुल डिजिटल भुक्तानी गर्न आग्रह गरेका छन् । डिजिटल प्रविधिको विस्तार भइरहे पनि अझै ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमै पुगेर विद्युत महसुल तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले यो अवस्थालाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार विद्युत महसुल तिर्ने ठूलो संख्याका नागरिक काउन्टरमा पुग्दा उनीहरूको समय र आवतजावतको खर्च बढ्नुका साथै काउन्टर सञ्चालनमा समेत ठूलो रकम खर्च भइरहेको छ ।

उनले डिजिटल माध्यमबाट विद्युत महसुल भुक्तानी गर्दा नागरिकको समय र आवतजावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता तथा सुरक्षा बढ्ने र काउन्टर सञ्चालनमा लाग्ने स्रोत तथा जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने बताएका छन् ।

काउन्टर सञ्चालनमै वार्षिक ५९ करोड ७९ लाख खर्च

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत प्राधिकरणअन्तर्गतका महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा रहेको उनले जानकारी दिएका छन् ।

यी काउन्टर सञ्चालनमा मात्र वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने र मासिक हिसाबले करिब ५ करोड रुपैयाँ खर्च हुने मन्त्री श्रेष्ठले बताएका छन् ।

उनले ठूलो संख्यामा नागरिक अझै काउन्टरमै पुग्नुपर्ने अवस्थालाई सबै मिलेर परिवर्तन गर्न सकिने बताएका छन् ।

डिजिटल भुक्तानीबाट समय र खर्च बचत

मन्त्री श्रेष्ठले विद्युत महसुल डिजिटल भुक्तानी गर्दा नागरिकको समय बचत हुनुका साथै काउन्टरसम्म पुग्न लाग्ने आवतजावतको खर्चसमेत घट्ने बताएका छन् ।

उनका अनुसार नगद कारोबार कम हुँदा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्नेछ । काउन्टर सञ्चालनमा प्रयोग भइरहेको स्रोत तथा जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले आफ्नो परिवार, इष्टमित्र, छरछिमेकी तथा आफूले चिनेका नागरिकलाई डिजिटल माध्यमबाट विद्युत महसुल तिर्ने प्रक्रियाबारे जानकारी दिन र सिकाउनसमेत आग्रह गरेका छन् ।

उनले सम्भव भएसम्म आजैदेखि डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न सहयोग गर्न नागरिकलाई अपिल गरेका छन् ।