फिरिरी भेन्चर्सद्वारा बाढी प्रभावितलाई १० लाखभन्दा बढीको राहत
नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँभन्दा बढी मूल्यको राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत प्रभावित क्षेत्रमा ९ सयवटा नयाँ टिसर्टसँगै खानेपानी र खाद्यान्न सामग्री पठाएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ ।
बाढीबाट ठूलो क्षति भएको अवस्थामा आफूहरूले सक्दो सहयोग गरेको बताउँदै खड्काले सहयोग सानो वा ठूलोभन्दा पनि पीडितप्रतिको मानवता र एकताको भावना महत्वपूर्ण हुने बताए । नेपाली युवाले स्थापना गरेको फिरिरी भेन्चर्सले साउनदेखि आफ्नो डिजिटल सुपर एप सञ्चालनमा ल्याएको छ । एपमा राइड सेयरिङ खाना डेलिभरी किराना तथा मार्केटप्लेस पार्सल तथा लजिस्टिक्स होटल तथा यात्रा बुकिङ डिजिटल भुक्तानी घरजग्गा सेवा घरायसी मर्मत तथा प्राविधिक सेवा रोजगारी तथा करिअर ओटीटी र डिजिटल सिकाइजस्ता विभिन्न सेवा एउटै प्लेटफर्ममा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीले स्थानीय व्यवसाय तथा विभिन्न सेवा प्रदायकलाई डिजिटल माध्यमबाट जोड्दै रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्र विस्तारमा योगदान गर्ने लक्ष्यसमेत राखेको जनाएको छ ।