रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

three-children-missing-rautahat-river-drowning

रौतहटको देवाही गोनाही नगरपालिका–२ स्थित लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका मंगलबार दिउँसो डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १० वर्षीय मोहम्मद रहमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन्, जो नुहाउन गएका बेला दुर्घटनामा परेका स्थानीयबासीले बताएका छन् । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी रबर बोटसहित खोजी तथा उद्धार कार्य जारी राखिएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोलीसहित सशस्त्र प्रहरी बल नं. ११ गण रौतहटको टोली खोजीमा खटिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए ।