उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, सुशासन र हरित विकासमा जोड

ujyalo-nepal-party-central-committee-meeting-decisions

उज्यालो नेपाल पार्टीको तीनदिने केन्द्रीय समिति बैठकले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको विस्तृत समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई प्राथमिकतामा राखेर राष्ट्रिय रूपान्तरणको अभियान अघि बढाउने निर्णय गरेको छ।

बैठकले बेरोजगारी, युवा पलायन, कृषि संकट, भ्रष्टाचार, प्रशासनिक कमजोरी तथा लगानी वातावरणका चुनौतीलाई समाधान गर्न ठोस नीति आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै, किसानका लागि गुणस्तरीय मल, बीउ, बजार व्यवस्थापन, सहकारी तथा लघुवित्त पीडितको समस्या समाधान, विद्युत खपत वृद्धि, कर नीतिमा सुधार र संस्थागत लोकतन्त्र सुदृढ बनाउन सरकारसँग माग गरेको छ।

पार्टीले सरकारका सकारात्मक कार्यमा सहयोग गर्ने तर जनविरोधी निर्णय र कमजोर कार्यसम्पादनविरुद्ध लोकतान्त्रिक रूपमा आवाज उठाउने स्पष्ट गर्दै आफूलाई समाधानमुखी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोराएको छ।