विवेक ओझाको नयाँ कथासंग्रह ‘मौन कोलाहल’ बजारमा
काठमाडौँ। मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझाको ताजा कृति ‘मौन कोलाहल’ पाठकसामु आइपुगेको छ। सांग्रीला बुक्सद्वारा प्रकाशित यो संग्रहमा जम्मा नौ कथाहरू समावेश छन्।
यस कृतिमार्फत ओझाले समाजमा लुकिरहेका विद्रूप भावना र नाङ्गो यथार्थलाई गहिरो दार्शनिक ढाँचामा उतारेका छन्। कथाहरूले मानव अस्तित्व, सामाजिक पाखण्ड, नैतिक उथलपुथल र चेतनाभित्रको अन्धकार पक्षलाई केन्द्रमा राखी पाठकलाई गहन आत्मचिन्तनमा डोऱ्याउने कोसिस गरेका छन्।
गौरतलब छ, ओझाले आफ्नो उपन्यास ‘ऐँठन’बाट सन् २०७९ को मदन पुरस्कार हासिल गरेका थिए। ‘ऐँठन’ र ‘ऐलानी’ जस्ता चर्चित उपन्यासपछि आएको ‘मौन कोलाहल’ भने उनको पहिलो कथासंग्रह हो।