देउवाको हात भाँच्चियो, हङकङमा लडेर घाइते
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको थियो।
देउवा नजिकका स्रोतका अनुसार उनी उपचार गराई हङकङकै स्थानीय अस्पतालबाट हाल डिस्चार्ज भइसकेका छन्। हङकङमै बसिरहेका देउवा प्रायः पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै सार्वजनिक स्थलमा देखिने गरेका छन्, जसका भिडियो पनि सामाजिक सञ्जालमा आइरहेका छन्।
थप उपचारका लागि देउवा ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि उनी १३ फागुनमा सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।