July 13, 2026 0 MIN READ

योजना आयोगलाई अनुसन्धानमूलक नीति निर्माण केन्द्रका रूपमा सुदृढ पारिने : उपाध्यक्ष भट्ट

0 MIN READ
planning-commission-research-based-policy-center-bhatta

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका मुख्य काम, १६औँ आवधिक योजनाको प्रगति, मध्यकालीन खर्च संरचना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको अवस्थाबारे विस्तृत छलफल भयो।

योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले समितिले उठाएका विषयमा १० दिनभित्र लिखित जवाफ बुझाइने बताए। उनका अनुसार समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरिनेछ। भट्टले आयोगको भूमिकाबारे समितिबाट प्राप्त सुझावहरूमा विस्तृत छलफल गर्ने तयारी भइरहेको पनि जनाए।

उनले आयोगले हाल तीन प्रमुख क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै सरकारी नीति निर्माणमा अनुसन्धानमा आधारित सहयोग दिने संस्थाका रूपमा आयोगलाई थप बलियो बनाउनुपर्ने बताए। यसका लागि विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए।

साथै, आयोगले नागरिक र विज्ञहरूसँगको संवाद प्रक्रिया सुरु गरिसकेको र यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने भट्टले बताए। यसले गुणस्तरीय, अनुसन्धानमा आधारित नीति निर्माणमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।