चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले डा. खत्रीलाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन् । आयोगका सहअध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले आज मन्त्रालयमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरिन् ।
यसअघि उपाध्यक्ष पद रिक्त रहेकाले पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई स्थायी नियुक्ति नहुन्जेलसम्म कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।
सार्वजनिक पदाधिकारी हटाउने विशेष व्यवस्थासम्बन्धी सरकारले ल्याएको अध्यादेशपछि पूर्वउपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएपछि यो पद रिक्त भएको थियो ।