July 6, 2026 0 MIN READ

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

0 MIN READ
gold-price-drops-nine-hundred-rupees-nepal

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा नौं सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन नौं सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्यमा पनि २० रुपैयाँले कमी आएको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार ४ हजार ६ सय ५ रुपैयाँ थियो ।