त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता सुरु
1 MIN READ
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिताको पहिलो दिन प्राविधिक सेमिनार आयोजना गरिएको छ ।
विश्व सोतोकान कराँते महासङ्घका उप-मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको नेतृत्व गरेका थिए ।
नेपाल सोतोकान कराँते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सङ्घका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सोही कार्यक्रममा सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले पनि आफ्ना धारणा राखेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।