दैलेखमा यात्रुसहितको माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी
0 MIN READ
दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ।
सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसी नदीमा डुबेको हो।

प्रारम्भिक जानकारीअनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए। गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी करिब २८ वर्षीय तुलाराम सुवेदी रहेका छन्।
घटना हुनासाथ सुरक्षाकर्मी र स्थानीयबासी उद्धार कार्यमा खटिएका छन्। हालसम्म घटनास्थलबाट एक जना पुरुष यात्रुलाई फेला पारी सडकसम्म ल्याइएको छ।
नदीमा डुबेको गाडी र हराएका अन्य यात्रुहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन बाँकी रहेको छ।