Uncorrupted Nepal (www.uncorruptednepal.com) इमाडोल, ललितपुरबाट सञ्चालित एक स्वतन्त्र, निष्पक्ष र साहसी समाचार पोर्टल हो। नेपाली, र अंग्रेजी भाषामा उपलब्ध यो डिजिटल प्लेटफर्म राष्ट्रिय राजनीति, सामाजिक न्याय, सुशासन, आर्थिक विकास र जनसरोकारका विषयमा गहन रिपोर्टिङ गर्दछ।
हामी छिनछिनमै ताजा समाचार, खोजमूलक सामग्री, विश्लेषण तथा शिक्षा, स्वास्थ्य, विज्ञान-प्रविधि, संस्कृति, खेलकुद, जीवनशैली र नेपाली डायस्पोरासँग सम्बन्धित विषयहरू पनि नियमित प्रकाशित गर्दछौं।
Uncorrupted Nepal सत्य, पारदर्शिता र नैतिक पत्रकारिताप्रति प्रतिबद्ध छ। हामी संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डता, समावेशिता र प्रेस स्वतन्त्रताको रक्षाका लागि निरन्तर खबरदारी गर्दछौं। सुशासन र समृद्ध नेपाल निर्माणमा योगदान दिने हाम्रो मुख्य लक्ष्य हो।
हाम्रो दृष्टिकोण र अभ्यास
हामी केवल नकारात्मक र विवादास्पद घटनाहरू मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास र सफलतालाई पनि उजागर गर्दछौं। राम्रो कामलाई प्रोत्साहन दिन्छौं र गलत कामको निडरतापूर्वक विरोध गर्दछौं।
पूर्वाग्रह, प्रलोभन वा दबाबबाट मुक्त रहेर हामी सत्यको पक्षमा उभिन्छौं। हामी प्रश्न सोध्छौं, पृष्ठभूमि खोतल्छौं र घटनाको गहिरो विश्लेषण प्रस्तुत गर्दछौं। आवाजहीन नागरिकको हकअधिकारको रक्षा गर्नु, शक्तिशालीलाई जवाफदेही बनाउनु र भ्रष्टाचारविरुद्ध निरन्तर लड्नु नै हाम्रो मुख्य जिम्मेवारी हो।
तपाईंको भूमिका
Uncorrupted Nepal को सबैभन्दा ठूलो शक्ति भनेको तपाईंहरू — हाम्रा लाखौं पाठक, श्रोता र दर्शकहरू नै हुनुहुन्छ।
तपाईं हाम्रो वेबसाइटमा आउन सक्नुहुन्छ, सूचना, तस्बिर, भिडियो वा आफ्नो विचार पठाउन सक्नुहुन्छ। तर कृपया निम्न कुराहरू ध्यान दिनुहोस्:
- साम्प्रदायिक, जातीय वा धार्मिक सद्भाव बिगार्ने, गालीगलौजपूर्ण, अश्लील वा मिथ्या आरोप लगाउने सामग्री पठाउनुहुन्न।
- तपाईंको कमेन्ट र सामग्री मौलिक, सत्य तथा शिष्ट हुनुपर्छ।
- नक्कली परिचय वा अपमानजनक युजरनेम प्रयोग गर्नुहुन्न।
यो पोर्टलका सबै सामग्रीको कपीराइट Uncorrupted Nepal मा सुरक्षित छ। पूर्व अनुमति बिना सामग्रीको व्यावसायिक प्रयोग, पुनर्प्रकाशन वा तोडमोड गर्न पाइने छैन।
अन्त्यमा:
सत्य, न्याय र सुशासनको पक्षमा निरन्तर उभिने Uncorrupted Nepal मा तपाईंलाई हार्दिक स्वागत छ।
आउनुहोस्, सँगै मिलेर जिम्मेवार र निष्पक्ष पत्रकारिताको नयाँ कथा लेखौं !