इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

petrol-pumps-closed-kathmandu-fuel-price-drop

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएसँगै काठमाडौं उपत्यकाका धेरैजसो निजी पेट्रोल पम्पहरू बुधबार बन्द रहेका छन् ।

निगमले मंगलबार राति नै नयाँ मूल्य लागू गरेको थियो । मूल्य घट्नासाथ पुरानो स्टकमा हुने घाटाबाट जोगिन धेरै पम्प सञ्चालकले बिक्री रोकेका हुन् । यसका कारण इन्धन भर्न पुगेका सर्वसाधारण खाली हात फर्कनुपरेको छ ।