विश्वकप फुटबलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

marlin-the-duck-mexico-world-cup-mascot

विश्वकप फुटबलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

एजेन्सी। फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा मेक्सिकोको एउटा घरपालुवा हाँस अनौपचारिक ‘राजदूत’ बनेर चर्चामा आएको छ। ‘मर्लिन’ नामको यो हाँस मेक्सिको टोलीको परिचायक बनेको हो।

दुई वर्षे यो हाँसले मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकमा हिँडेका भिडियो सार्वजनिक भएपछि व्यापक चर्चा पाएको छ। विश्वकपका कारण विश्वका चर्चित फुटबल खेलाडीहरू अन्तर्राष्ट्रिय सुर्खीमा रहेकै बेला मर्लिनले पनि उत्तिकै ध्यान तानेको हो।

शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी र आफ्नो घर वरिपरि आत्मविश्वासका साथ हिँड्ने शैलीले हाँसलाई चर्चाको शिखरमा पुर्‍याएको हो। मेक्सिकोले विश्वकपमा आफ्नो पहिलो खेल जितेर उत्सव मनाइरहेको बेला मर्लिन पहिलोपटक सार्वजनिक भएको थियो, र त्यसपछि नै यो भिडियो भाइरल बन्दै इन्टरनेट स्टार बनेको हो।