June 4, 2026 0 MIN READ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा पदाधिकारीका लागि आवेदन आह्वान

0 MIN READ
%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%9a

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा स्वास्थ्यसम्बन्धी निकायहरूमा रिक्त पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले बुधबार सूचना जारी गर्दै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, स्वास्थ्य बीमा बोर्ड तथा विभिन्न स्वास्थ्य परिषद्हरूमा खाली रहेका पदहरूमा योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ। यसअघि वैशाख २२ गतेको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरिएका रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, सदस्य, रजिस्ट्रार, उपाध्यक्ष र सदस्य सचिवलगायत पदका लागि आवेदन माग गरिएको छ। त्यस्तै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा सदस्य र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक पदका लागि पनि आवेदन आह्वान गरिएको छ।