सुनको मूल्य स्थिर, चाँदी प्रतितोलामा घट्यो
0 MIN READ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्य कायम थियो।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै आज ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य ५ हजार ४०५ रुपैयाँ थियो।