June 4, 2026 0 MIN READ

सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

0 MIN READ
%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%87%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा जीवितै फेला परेका छन्। सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका उनलाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो।सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका थिए। प्रारम्भिक जानकारीअनुसार उनी लामो समयदेखि सम्पर्कविहीन थिए र खोजी कार्य जारी रहेको बेला भेटिएका हुन्। समुद्री सतहबाट करिब ७,२०० मिटर उचाइमा रहेको क्याम्प–३ क्षेत्र अत्यन्त जोखिमपूर्ण मानिन्छ, जहाँ अक्सिजनको कमी, अत्यधिक चिसो र अचानक बदलिने मौसमका कारण आरोहीहरू उच्च जोखिममा रहने गर्छन्।उद्धारपछि उनको स्वास्थ्य परीक्षण गरिएको छ। लामो समयको थकान, चिसो र शारीरिक संघर्षका कारण उनी कमजोर अवस्थामा देखिए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी छ। उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर थप उपचार गरिने भएको छ। दावाको जीवित उद्धारसँगै परिवार, आफन्त र पर्वतारोहण क्षेत्रका सरोकारवालाले राहतको महसुस गरेका छन् भने यो घटनालाई पर्वतारोहण समुदायले दुर्लभ र प्रेरणादायी उद्धारका रूपमा लिएको छ।