विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु

%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%aa%e0%a5%8d

Mahabir Pun ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्। उनले मन्त्रालय शून्य अवस्थाबाट सुरु भएकाले कानुनी र संस्थागत आधार निर्माणलाई प्राथमिकता दिइएको बताए।साथै, विभिन्न मन्त्रालयमा छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल सुरु गर्ने र मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी, दरबन्दी तथा कार्यप्रणाली निर्धारण गर्न अध्ययन तथा सर्वेक्षण अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।