राष्ट्रिय सभाको बैठक आज बस्दै, विधेयक र बजेटमाथि छलफल हुने
0 MIN READ
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) सिंहदरबारमा दिउँसो १:१५ बजे बस्ने भएको छ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।