June 3, 2026 0 MIN READ

रामकृष्ण ढकाल ‘मालती मंगले’को अन्तर्राष्ट्रिय प्रदर्शनका लागि अमेरिका प्रस्थान

0 MIN READ
%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3-%e0%a4%a2%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%82%e0%a4%97

काठमाडौं । चलचित्र ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन अभियानका लागि निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्।

ढकाल पहिलो चरणमा अमेरिका, क्यानडा र अस्ट्रेलियाका विभिन्न शहरमा हुने प्रदर्शन तथा कार्यक्रमहरूमा सहभागी हुनेछन्। त्यसपछि युरोपका विभिन्न देशमा समेत चलचित्र प्रदर्शन गर्ने योजना रहेको उनले जनाएका छन्।

अमेरिकामा बोस्टन र न्यु ह्याम्पसायरपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सासमा चलचित्र प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ। त्यसपछि जुन तेस्रो साता क्यानडाको टोरन्टोमा प्रदर्शन गरिनेछ।

अस्ट्रेलियाको सिड्नीमा जुलाई ४ तारिख ‘रेड कार्पेट प्रिमियर’ हुने र अन्य शहरहरूमा पनि प्रदर्शन जारी रहने बताइएको छ।

कार्यक्रममा चलचित्र प्रदर्शनसँगै दर्शक भेटघाट (मिट एन्ड ग्रिट) तथा सांगीतिक प्रस्तुतिहरू समेत हुनेछन्। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा कार्यकारी निर्माता सागर ज्ञवाली र अन्य कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ।