भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त
0 MIN READ
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेको छ।
भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र राजनीतिक संवादलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

मंगलबार भारतीय गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ताको कार्यक्रम तय भएको छ। अनुकूलता मिलेको अवस्थामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुन सक्ने बताइएको छ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
पाँचदिने भ्रमणका क्रममा लामिछानेको टोलीले अयोध्या भ्रमण तथा भारतस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ।