June 4, 2026 0 MIN READ

बिजुलीमा भ्याटबारे इप्पानको धारणा

0 MIN READ
%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4

काठमाडौं । इप्पानका उपमहासचिव प्रकाश दुलालले विद्युत् बिक्रीमा भ्याट लागू गर्दा उपभोक्तामा ठूलो भार नपर्ने र दीर्घकालीन रूपमा उत्पादन लागत घट्ने बताएका छन् ।

उनका अनुसार हाल उत्पादक कम्पनीहरू भ्याटमा दर्ता नहुँदा निर्माणका क्रममा तिरेको भ्याट लागतमै जोडिन्छ, जसले आयोजनाको कुल खर्च बढाउँछ। यदि उत्पादकलाई पनि भ्याट प्रणालीमा समेटिएमा तिरेको कर मिलान गर्न सकिने र लागत घट्ने उनले बताए ।

दुलालले जलविद्युत् आयोजनाको ठूलो हिस्सा (करिब ६५–७० प्रतिशत) भ्याट लाग्ने क्षेत्रमा पर्ने भन्दै सही व्यवस्थापन भए विद्युत् सस्तो बनाउन सकिने दाबी गरे ।

उनका अनुसार मासिक ५० युनिटभन्दा कम खपत गर्ने उपभोक्तामा भ्याट लागू नहुने भएकाले धेरैजसो घरायसी ग्राहक प्रभावित हुँदैनन्। उच्च खपत गर्ने उपभोक्तामा पनि बिलमा सीमित वृद्धि मात्रै हुने उनले बताए ।

उनले विद्युत् महँगो हुनुमा भ्याटभन्दा बढी अन्य शुल्क र निर्माण लागत वृद्धि जिम्मेवार रहेको भन्दै नीति सुधार आवश्यक रहेको धारणा राखे ।