June 1, 2026 0 MIN READ

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

0 MIN READ
%e0%a4%ab%e0%a4%bf%e0%a4%a8-%e0%a4%87%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%9f%e0%a5%87%e0%a4%95-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%ac

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई लक्षित गर्दै ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ।

प्रदर्शनी जेठ २२ देखि २५ गतेसम्म (जुन ५–८, २०२६) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ। नेपालकै ठूलो विद्युतीय तथा ऊर्जा क्षेत्रको प्रदर्शनीका रूपमा स्थापित यो कार्यक्रमले नवीनतम प्रविधि र उत्पादन प्रदर्शन गर्ने जनाएको छ।

महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि र नवीकरणीय ऊर्जा क्षेत्रका नयाँ अवसर र नवप्रवर्तनलाई जोड्नेछ।

नेपाल, भारत, चीनलगायत देशका कम्पनीहरूको सहभागिता रहने प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केबल, एलईडी, सौर्य ऊर्जा, ई–मोबिलिटी, स्मार्ट होम र औद्योगिक प्रविधिसम्बन्धी सामग्री प्रदर्शन गरिनेछ।

आयोजकका अनुसार प्रदर्शनीले व्यवसायिक सम्बन्ध विस्तार, प्रविधि आदान–प्रदान र नयाँ लगानी अवसर सिर्जना गर्न सहयोग गर्नेछ। यस वर्ष सबै स्टलहरू अग्रिम रूपमा बुक भइसकेका छन्।

कार्यक्रममा बी–टु–बी मिटिङ, अन्तरक्रिया सत्र र प्रविधि प्रस्तुतीकरण पनि हुनेछ। करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको प्रदर्शनीमा प्रवेश निःशुल्क भए पनि अनलाइन पूर्वदर्ता अनिवार्य गरिएको छ।