प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने विपक्षी दलको चेतावनी
0 MIN READ
काठमाडौं । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै संसदमा आएर स्पष्टिकरणसहित माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। उनले सीमा जस्तो संवेदनशील विषयमा सरकारले स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने बताए।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने धारणा राखे।
उनले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिलाई पुष्टि गर्न प्रधानमन्त्रीले संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने बताउँदै प्रमाण प्रस्तुत गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख गरे।