June 1, 2026 0 MIN READ

प्रधानमन्त्रीको अभिव्यक्तिमा ताली बजाउने सांसदलाई प्रश्न गर्न गगन थापाको आग्रह

0 MIN READ
%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af-4

रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद सीमा सम्बन्धी अभिव्यक्तिमा समर्थन जनाउने रास्वपा सांसदहरूलाई मतदाताले प्रश्न गर्नुपर्ने बताएका छन्।

रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र गैरजिम्मेवार रहेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर जनतासँग माफी माग्नुपर्ने बताए।

थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा संसदमा ताली बजाउने सांसदहरूलाई पनि जनताले जवाफदेही बनाउनुपर्ने धारणा राखे।

उनले प्रतिपक्षको भूमिका सरकारका राम्रा काममा सहयोग गर्ने र गलत निर्णयमा खबरदारी गर्ने भएको उल्लेख गर्दै कांग्रेसले त्यो जिम्मेवारी निभाउने बताए।

थापाले प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै आवश्यक परे कानुनी बाटो अपनाउने संकेत गरे। साथै, आगामी निर्वाचनमा उम्मेदवार छनोट कार्यकर्ताको मत र मूल्यांकनका आधारमा गरिने जानकारी दिए।