प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%b5%e0%a5%8d%e0%a4%af-2

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने भन्दै विवादित भनाइ संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार प्रमुखका अभिव्यक्ति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै तथ्यबिनाका भनाइ राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए।

सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले आफ्नो दाबी पुष्टि गर्ने प्रमाण संसदमा पेश गर्न आग्रह गरे।

उनले भावनाभन्दा तथ्यले विश्वास जित्ने भन्दै प्रमाणबिना जनतालाई भ्रमित गर्ने अभिव्यक्ति दिन नहुने धारणा राखे।

आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल र भारत दुवै पक्षबाट सीमा अतिक्रमण भएको आशयको अभिव्यक्ति दिएका थिए।