June 5, 2026 0 MIN READ

पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

0 MIN READ
%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a5%8c-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ आजबाट प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। पाँचौँ सातामा पनि फिल्मले देशभर ८१ शो प्राप्त गर्दै प्रदर्शनरत नेपाली फिल्महरूमध्ये सर्वाधिक शो पाएको छ।निर्माण टिमका अनुसार फिल्मलाई हालसम्म ३ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। विसं २०८३ मा प्रदर्शन भएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ दर्शक उपस्थितिका हिसाबले अगाडि रहेको दाबी गरिएको छ।अभिनेता रवीन्द्रसिंह बानियाँले फिल्मले परिवारिक दर्शकको साथ पाएको बताउँदै शिक्षाको महत्व र आमाको संघर्षलाई केन्द्रमा राखिएको कथावस्तुले दर्शकको मन छोएको प्रतिक्रिया दिए। उनका अनुसार फिल्म हेरेपछि धेरै दर्शक भावुक बनेका छन्।यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।फिल्ममा विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्।