नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउने मोदीको प्रतिबद्धता
0 MIN READ
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र उच्च स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि दुवै देशबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा राखिएको बताएका छन्।
उनले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक, आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि पनि भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा भेटवार्ता गरिसकेको छ। मोदीसँगको भेटलाई दुई देशबीचको राजनीतिक संवाद र सहकार्य विस्तारको अवसरका रूपमा हेरिएको छ।