June 3, 2026 0 MIN READ

नील हिरा समाजद्वारा ‘इलिफेन्ट इन द फग’ टोलीलाई सम्मान

0 MIN READ
%e0%a4%a8%e0%a5%80%e0%a4%b2-%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%87%e0%a4%b2%e0%a4%bf

काठमाडौं । कान्स चलचित्र महोत्सवअन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा जुरी अवार्ड जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ को टोलीलाई नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ।

सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले सफलता सहज नभएको उल्लेख गर्दै निरन्तर मेहनत, लगन र संघर्षले मात्र उपलब्धि हासिल गर्न सकिने बताइन्। उनका अनुसार मानवअधिकार तथा एलजीबीटीक्यूए अधिकार क्षेत्रमा काम गरेपछि चलचित्र क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरू सामना गर्नुपरेको थियो। अनुभव र ज्ञानको कमी भए पनि निरन्तर सिकाइ र प्रयासले आफूलाई स्थापित गर्न सफल भएको उनले बताइन्। चलचित्रले कान्समा प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथालाई विश्वमञ्चमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। ‘तिनीहरू’ आमा–छोरीबीचको संवेदनशील जीवन संघर्षमा आधारित कथा भएको उल्लेख गर्दै उनले दर्शकलाई चलचित्र हेरेर यसको सन्देश बुझ्न आग्रह गरिन्।