June 11, 2026 0 MIN READ

तीन वटा संसदीय समितिको बैठक बस्दै

0 MIN READ
%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%88

आज (बिहीबार) संघीय संसदअन्तर्गत तीन संसदीय समितिको बैठक बस्दैछ। सार्वजनिक लेखा समितिले विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपाससम्बन्धी विवादमा छलफल गर्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रण ब्यूरोको प्रगति, उपसमिति गठन तथा विभिन्न निकायको अनुगमनबारे छलफल गर्ने कार्यसूची राखेको छ। यस्तै, महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिकाको व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछ।