चर्चित गायक रोशन गुरुङसँग भेट, लोकगीतप्रतिको मोह अझै कायम रहेको अनुभव

%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%b6%e0%a4%a8-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%b8%e0%a4%81

काठमाडौं । ‘पैसै ठुलो छ’, ‘रेशमैको पछ्यौरी’, ‘इलामले सम्झायो माया’ लगायतका चर्चित गीतका गायक रोशन गुरुङ हालै काठमाडौंको जोरपाटीमा भेटिएका छन्।

करिब १७ वर्षदेखि अमेरिकामा बस्दै आएका गुरुङले नेपाल आएर आफ्नो सांगीतिक यात्रा र अनुभवबारे बताएका छन्। उनले हालसम्म करिब ३०० गीतमा स्वर दिएको जानकारी दिए।

उनका अनुसार विदेशमा रहेका नेपालीहरूमा लोकबेसका गीतप्रतिको आकर्षण अझै उच्च छ। मादलको ताल र लोकधुनले आफ्नोपनको अनुभूति गराउने भएकाले यस्ता गीत बढी मन पराइने उनको भनाइ छ।

गुरुङले संगीत क्षेत्रमा समयअनुसार शैली परिवर्तन भए पनि लोकगीतको महत्व घटेको छैन बताएका छन्। साथै, डिजिटल युगले नयाँ कलाकारलाई अवसर दिएको तर प्रतिस्पर्धा पनि बढाएको उनको धारणा छ।

उनले सिर्जनात्मक काम केही कम भए पनि स्टेज कार्यक्रममार्फत संगीत यात्रालाई निरन्तरता दिइरहेको बताएका छन्।

नेपाली संगीत बजार सानो भएकाले कलाकारका लागि चुनौती रहेको उल्लेख गर्दै उनले निरन्तर मेहनत गर्न नयाँ पुस्तालाई सुझाव दिएका छन्।