June 2, 2026 0 MIN READ

कालीमाटी बजारले सार्वजनिक गर्‍यो आजका तरकारी र फलफूलका थोक मूल्य

0 MIN READ
%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%80-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, नेपाली ५० रुपैयाँ तथा सानो गोलभेँडा (लोकल) १८ रुपैयाँ र तराई २० रुपैयाँ प्रतिकिलो तोकिएको छ। आलु रातो (लाम्चो) ३० रुपैयाँ, भारतीय आलु २७ रुपैयाँ र भारतीय प्याज ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यस्तै, गाँजर (लोकल) ७० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, काउली ६० रुपैयाँ, सेतो मूला १२ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ र डल्लो ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

मटरकोशा ८० रुपैयाँ, घिउ सिमी ६०–१०० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ७० रुपैयाँ, परवर ५५ रुपैयाँ र घिरौला ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फर्सी ४० देखि ७० रुपैयाँ, भिण्डी ३० रुपैयाँ, सखरखण्ड र स्कुस ७० रुपैयाँ, पिंडालु ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागसब्जीमध्ये रायो ५० रुपैयाँ, पालुङ्गो र चमसुर ८० रुपैयाँ, मेथी ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउका विभिन्न प्रकारमध्ये कन्य २३० रुपैयाँ, डल्ले ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके ८०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। कुरीलो ३०० रुपैयाँ प्रतिकिलो रहेको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, फुजी २८० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ३८० रुपैयाँ प्रतिकिलो तोकिएको छ। केरा (नेपाली) १६० रुपैयाँ र मालभोग २०० रुपैयाँ दर्जनमा कायम गरिएको छ।

त्यस्तै, अङ्गुर २४० देखि ४०० रुपैयाँ, तरबुजा ३५ रुपैयाँ, भुइँकटहर १८० रुपैयाँ प्रतिगोटा, काँक्रो १५ देखि ६० रुपैयाँ र रुखकटहर ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।