कालीमाटीले सार्वजनिक गर्यो आजको तरकारी तथा फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ५० रुपैयाँमा कारोबार भइरहेको छ भने आलु रातो (लाम्चो) ३० रुपैयाँ र भारतीय प्याज ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। मटरकोशा ८० रुपैयाँ, स्थानीय घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ तथा लौका ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।
त्यसैगरी पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ५०–६० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, स्कुस ७० रुपैयाँ र पिंडालु ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ। रायोसाग ६० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ८० रुपैयाँ तथा मेथीको साग ६० रुपैयाँ प्रतिकिलो रहेको छ।
च्याउतर्फ कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, झोले स्याउ २०० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार ३८० रुपैयाँ र हरियो अङ्गुर २४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। नेपाली केरा प्रतिदर्जन १६० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तरबुजा प्रतिकिलो ३५ रुपैयाँ, स्थानीय काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ तथा रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।