June 1, 2026 0 MIN READ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा कार्यालय घेराउ, रकम फिर्ताको माग

0 MIN READ
%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%95

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको बचत फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले नेपालगञ्जस्थित बैंक कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।

विगत दुई वर्षदेखि रकम फिर्ता नपाएको भन्दै बाँके, बर्दिया र दाङका करिब तीन सयभन्दा बढी निक्षेपकर्ता आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले आफ्ना बचत रकम तत्काल फिर्ता गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

आन्दोलनमा सहभागी बर्दियाको बाँसगढीकी ललिता थापाले आफ्नो संस्थाको २२ लाख रुपैयाँ बैंकमा रोकिएको बताइन्। उनका अनुसार व्यक्तिगत तथा संस्थागत रूपमा निक्षेप गरेका धेरै सेवाग्राही अझै रकम फिर्ता नपाएर समस्यामा परेका छन्।

पीडितहरूले बैंकमा केही व्यक्तिको ८० लाखदेखि ७ करोड रुपैयाँसम्म निक्षेप रहेको र ठूलो संख्यामा सेवाग्राही प्रभावित भएको बताएका छन्। उनीहरूका अनुसार करिब ४ अर्ब ३० करोड रुपैयाँ अझै फिर्ता हुन बाँकी छ भने ३ अर्ब २० करोड रुपैयाँ हिनामिनाको उजुरी परेको छ।