June 3, 2026 0 MIN READ

कर्णालीमा ऊर्जा, वन संरक्षण र पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकतामा

0 MIN READ
%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b5%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d

सुर्खेत । कर्णाली प्रदेश सरकारले ऊर्जा, वन संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको उपयोगलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको छ।मुख्यमन्त्री यामलाल कँडेलका अनुसार सौर्य, वायु, लघु तथा साना जलविद्युत् आयोजना र मिनी ग्रिडमार्फत विद्युत् पहुँच विस्तार गरिनेछ। साथै ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानमार्फत जलविद्युत् आयोजनामा स्थानीय नागरिकको लगानीलाई प्रोत्साहन गरिने र जगदुल्ला–ए लगायतका आयोजनामा प्रदेश सरकारको समेत लगानी रहनेछ।सरकारले प्रदेशभित्र निर्माण हुने सरकारी भवनमा कर्णालीकै काठ तथा स्वदेशी काठजन्य सामग्री प्रयोग गर्ने नीति लिएको छ। वन पैदावारको निकासी व्यवस्थापनका लागि डिजिटल ट्र्याकिङ प्रणाली विकास गरिने पनि जनाइएको छ।जडीबुटी प्रशोधन, जैविक विविधता संरक्षण तथा हिउँचितुवा, हाब्रे, कस्तुरी मृग, गिद्धलगायत दुर्लभ वन्यजन्तुको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ।त्यसैगरी कर्णालीको पर्यटन प्रवर्द्धनका लागि ‘कर्णाली पर्यटन दशक (२०८३/०८४–२०९३/०९४)’ सुरु गरिने तथा रारा, फोक्सुण्डो, लिमी, डोल्पो, कुपिण्डे र बराह ताललगायत क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गरिने बताइएको छ।