June 1, 2026 0 MIN READ

कमला पुल निर्माण माग्दै मधेश प्रदेश सभा अगाडि प्रदर्शन

0 MIN READ
%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ae

जनकपुर । धनुषा–सिरहा जोड्ने कमला पुल पुनःनिर्माणको माग गर्दै सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि प्रदर्शन गरिएको छ।

नयाँ कमला पुल निर्माण संघर्ष समितिले शान्तिपूर्ण प्रदर्शन गर्दै सभामुख रामअशिष यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ। स्थानीयहरूले संघीय र प्रदेश सरकार दुवैबाट आश्वासन मात्र पाएको र काम अघि नबढेको गुनासो गरेका छन्।

संघर्ष समितिले पुल बजेटमा नपरेको भन्दै प्रदेश सरकारले तत्काल निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ, अन्यथा आन्दोलन गर्ने चेतावनी दिएको छ।