June 2, 2026 0 MIN READ

कनकासुन्दरी–३ बालविवाहमुक्त घोषणा, नाचगानसहित उत्सव

0 MIN READ
%e0%a4%95%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80-%e0%a5%a9-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%ae

जुम्ला । कनकासुन्दरी गाउँपालिका–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। घोषणा अवसरमा स्थानीयले देउडा, नाचगान र सडक नाटकमार्फत उत्सव मनाउँदै बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गरेका थिए।

‘बिहेवारी २० वर्षपारि, सबैको ऐक्यबद्धता’ भन्ने नारासहित गरिएको कार्यक्रममा बालविवाह अन्त्यतर्फको प्रगति प्रस्तुत गरिएको थियो। वडा कार्यालयका अनुसार विगतमा करिब ६० प्रतिशतसम्म रहेको बालविवाह अहिले २ प्रतिशतमा झरेपछि वडा घोषणा सम्भव भएको हो।

वडाध्यक्ष भौर बुढाले जनप्रतिनिधि आएपछि अभियानलाई तीव्रता दिइएको र स्थानीय सरकार, संघसंस्था तथा समुदायको सहकार्यले उपलब्धि हासिल भएको बताए।

गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बालविवाह अन्त्य गर्दै पालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त बनाउने लक्ष्य रहेको जानकारी दिए।

स्थानीयका अनुसार जनचेतना र सामाजिक अभियानका कारण बालविवाह घट्दै गएको छ।