June 1, 2026 0 MIN READ

उत्तम प्रधान र निरुता सिंहको ‘सारथी’ छायांकन सम्पन्न, अब पोस्ट–प्रोडक्सनमा

0 MIN READ
%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%82

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य अभिनय रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन पूरा भएको छ।

म्याग्दीको गुर्जा क्षेत्रमा करिब एक महिनासम्म चलेको छायांकन सम्पन्न भएसँगै अब काठमाडौंमा एक दिनको छायांकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ। त्यसपछि फिल्म पोस्ट–प्रोडक्सनमा जानेछ र प्रदर्शन मिति घोषणा गरिनेछ।

करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पुनः सहकार्य यस फिल्मको प्रमुख आकर्षण हो। निर्माण पक्षका अनुसार दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरेर टिम उत्साहित बनेको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्मले गुर्जा क्षेत्रको संस्कृति, जीवनशैली र हिमाली दृश्यलाई प्रस्तुत गर्दै त्यहाँको पर्यटन सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको निर्देशक कुमार गजुरेलले बताएका छन्।

फिल्ममा उत्तम प्रधान र निरुता सिंहसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ।