June 3, 2026 0 MIN READ

इप्पानमा आज विशेष भेला, विधान संशोधन र नेतृत्व संरचनामाथि छलफल हुने

0 MIN READ
%e0%a4%87%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%ad%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b5%e0%a4%bf

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संस्थागत सुधार, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ शीर्षकमा हुने कार्यक्रम साँझ ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा हुनेछ।

कार्यक्रममा इप्पानको संस्थागत सुधार, आगामी निर्वाचन प्रक्रिया, नेतृत्व संरचना तथा २३ औँ वार्षिक साधारणसभाबाट पारित विधान संशोधनका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

इप्पानका अनुसार प्रस्तावित विधान संशोधनलाई केन्द्रमा राखी ऊर्जा उद्यमीहरूबाट सुझाव संकलन गरिनेछ, जसका आधारमा आगामी नेतृत्व चयन र संस्थागत सुधारको दिशा तय गरिनेछ।

हालको व्यवस्थाअनुसार अध्यक्ष बन्न लामो प्रक्रिया पार गर्नुपर्ने भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। सोही विषयमा दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनसहित विधान संशोधनको पहल अघि बढाइएको बताइएको छ।

कार्यक्रममा इप्पानका पदाधिकारी, पूर्वअध्यक्षहरू तथा ऊर्जा क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहनेछ।